काठमाडौं । नख्खु कारागारबाट मुक्त भएलगत्तै पक्राउ परेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पाँच दिनको म्याद थप भएको छ ।
नक्कली भारतीय नोटको कारोबारको मुद्दामा दोषी ठहर भई नख्खु कारागार चलान भएका उनी शनिबार साँझ मुक्त भएका थिए । लगत्तै उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो।
आज उनलाई अदालतमा उपस्थित गराइएको र अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको सीआईबीका एसएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ