रुस अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये एक : राष्ट्रपति पुटिन

एजेन्सी

शनिबार, १० जेठ २०८२, १२ : ४३
रुस अझै पनि विश्वका प्रमुख हतियार निर्यातकर्तामध्ये एक : राष्ट्रपति पुटिन

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आयोजित एक उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै रुस हाल पनि विश्वका प्रमुख हतियार निर्यातकर्ता देशहरूमध्ये अग्रस्थानमा कायम रहेको जानकारी दिएका छन्। उनले रुसी सैनिक उपकरण र हतियारप्रति अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय माग देखिएको बताए । 

उनले भने, ‘रूसले अझै पनि विश्वको हतियार बजारमा शीर्ष पाँच राष्ट्रको स्थानमा आफूलाई राख्न सफल भएको र धेरै क्षेत्रहरूमा प्रमुख निर्यातकर्ताका रूपमा अग्रसर रहँदै आएको छ।’

यो मन्तव्य राष्ट्रपति पुटिनले सैनिक-प्रविधि सहकार्यसम्बन्धी बैठकका क्रममा दिएका हुन् । टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा उनले सन् २०२४ मा रूसले प्राय: सबै हतियार निर्यातसम्बन्धी प्रतिबद्धताहरू पूरा गरेको जानकारी दिए। साथै, उनले उल्लेख गरे, ‘रुसी सैन्य उत्पादनहरूको माग निकै उच्च रहेको  र हाल अर्बौँ डलर बराबरको अर्डर रहेको छ।’

उनले सम्बन्धित सरकारी निकायहरूलाई हतियार निर्यातमा वृद्धि गर्न आवश्यक नीतिगत पहल तथा राज्यीय समर्थन कार्यक्रमहरू अघि बढाउन निर्देशन दिए ।  राष्ट्रपतिले भने कि रुसी सैनिक उपकरण तथा हातहतियारहरूमा निरन्तर सुधार भइरहेको छ र देशको सैन्य-औद्योगिक क्षेत्रको मुख्य दायित्व भनेको रुसको विशेष सैन्य अभियानलाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति गर्नु हो।

उनका अनुसार, रुसी उत्पादनको गुणस्तर र कार्यक्षमताले अन्तर्राष्ट्रिय बजारमा विश्वास जितिरहेको छ, जसका कारण निर्यात विस्तारको सम्भावना अझ बलियो हुँदै गएको छ।

 

प्रतिक्रिया दिनुहोस