काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने निश्चित भएको हो।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा ओली र पुटिनबीच भेटवार्ता हुन लागेको हो।
उनीहरूबीच करिब आधा घण्टा वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनीहरुबीच सोमबार ६:४५ देखि करिब आधा घण्टा भेटवार्ता हुनेछ । भेटवार्ताका क्रममा द्विपक्षीय हितका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री ओली एससीओ सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्। शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्तासमेत गरेका थिए। उनले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताका विषयमा पनि ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली