काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी बस्ने ४४ वर्षीय सुदिप अर्याल छन् ।
जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ