काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा धेरै उतारचढाव र अफ्ठेरो बाटोहरु आउने बताएका छन्। कांग्रेस नेता खगेन्द्रराज रेग्मीको प्रथम स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिमा के पाएँ, के गुमाएँ भनेर हिसाब गरेर नहुने बताए।
उनले भने, ‘राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो। आफ्नो लक्ष्य भनेको देश र जनताको लक्ष्य हो। नेताको लक्ष्य भनेको देश र जनताको लक्ष्य हो। त्यो प्राप्तिको लागि अविरल अटल ढंगबाट अघि बढ्नुपर्छ। त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो। हामी यो राजनीतिक यात्रामा को कहाँ रह्यौँ । को कहाँ पुग्यौँ, को कहाँ पुग्न सकेनौँ त्यो तपसिलको विषय हो।
उनले राजनीतिमा मैले त्याग गरेँ, मैले के पाएँ भन्ने गलत भाष्य खडा भएको बताए। उनले थपे, ‘मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने होरु त्याग भनेको त्याग नै हो। त्यागको मूल्य हुँदैन। राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो। आज हाम्रो सभापतिज्यू, पूर्वप्रधानमन्त्रीज्यू, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्रा गर्दा उहाँले खप्नुभएको उतारचढाव व्याख्या गर्न आवश्यक पर्दैन। रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो। अझै बन्न सक्नुहुन्छ नि ६ पटक, सात पटक।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन