काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुप्रिम सहकारीका पीडितको तर्फबाट बहस सकिएको छ ।
सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र रामचन्द्र आरसी गौतमले बहस गरेका छन् । जाहेरवालाका तर्फबाट बहस सकिएसँगै लामिछानेका कानुन व्यवसायीको तर्फबाट जवाफी बहस सुरु भएको छ ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफी बहस गरिरहेका छन् । बहसका क्रममा न्यायाधीश नहकुल सुवेदीले ब्रेकअघि नै सुनुवाइ सक्नेगरी बहस छोट्याउन आग्रह गरेका छन् । जवाफी बहस सकिएपछि आजै आदेश आउनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने