जनकपुर । नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८ औँ अधिवेशनबाट भोला यादव नेतृत्वको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा यादव २०२ मत अन्तरले विजयी भए ।
उनी ४०२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरे ।
भोला रघुवीर महासेठ निकट हुन् भने लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल निकट मानिन्छन् ।
उपाध्यक्ष पदमा पदमा तेजनारायण यादव ४३० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जयप्रकाश सुनरैतले १६० मत पाए ।
यस्तै सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे ।
उपसचिव पदमा सबिन विक्रम थापा र रुका कुमारी मिश्र तथा लेखा समिति संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग