जनकपुर । नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८ औँ अधिवेशनबाट भोला यादव नेतृत्वको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा यादव २०२ मत अन्तरले विजयी भए ।
उनी ४०२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरे ।
भोला रघुवीर महासेठ निकट हुन् भने लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल निकट मानिन्छन् ।
उपाध्यक्ष पदमा पदमा तेजनारायण यादव ४३० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी जयप्रकाश सुनरैतले १६० मत पाए ।
यस्तै सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे ।
उपसचिव पदमा सबिन विक्रम थापा र रुका कुमारी मिश्र तथा लेखा समिति संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज