काठमाडौ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले राजसंस्थाका पक्षमा बोलेको भनी प्रकाशित/प्रसारित समाचार भ्रामक र कपोलकल्पित भनी खण्डन गरेको छ।
कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी आफ्ना सभापति देउवाले समाचारमा भनिएजस्तो राजसंस्थाका पक्षमा कहीँ कतै नबोलेको स्पष्टीकरण दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो। उहाँले कहीँकतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढङ्गले आमसञ्चारमाध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरित हो।’
आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्ने प्रतिबद्धता दोहोर्याउँदै कांग्रेसले त्यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ