काठमाडौ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले राजसंस्थाका पक्षमा बोलेको भनी प्रकाशित/प्रसारित समाचार भ्रामक र कपोलकल्पित भनी खण्डन गरेको छ।
कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी आफ्ना सभापति देउवाले समाचारमा भनिएजस्तो राजसंस्थाका पक्षमा कहीँ कतै नबोलेको स्पष्टीकरण दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो। उहाँले कहीँकतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढङ्गले आमसञ्चारमाध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरित हो।’
आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्ने प्रतिबद्धता दोहोर्याउँदै कांग्रेसले त्यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक