काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पेसा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् । आगामी जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक दलका अध्यक्ष लिङदेनले त्यसको पूर्वसन्ध्यामा अन्तरसंवाद गर्न लागेका हुन् ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा उक्त संवाद आयोजना गरिएको छ । जसको नाम ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ?’ दिइएको छ ।सो कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए ।
राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नैपर्ने आवश्यक्ता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो ? हिन्दू राष्ट्र पुनस्र्थापना र संघीयताको खारेजी गनुर्पर्ने कारण के हो ? आन्दोलनमा युवा किन सहभागी हुने ? जस्ता जिज्ञासा मेटाउनेगरी अध्यक्ष लिङ्देनले जवाफ दिने बताइएको छ ।
राप्रपाले बोकेका राजनीतिक एजेण्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरुले जिज्ञासा राख्नसक्ने गरी कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन