पोखरा । नेकपा माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता कार्यकर्ताहरु अहिले बागलुङमा केन्द्रित भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजा सहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । जागरण अभियान अन्तर्गत गण्डकी प्रवेश गरेको टोलीले झन्डै १ साता गण्डकीमा बिताउने छ ।
बिहीबार बुर्तिबाङ र गल्कोटमा जागरण अभियान कार्यक्रम हुँदैछ । उक्त टोली आज ताराखोलामा बास बस्नेछ भने शुक्रबार बागलुङ बजार हुँदै कुश्मामा विशेष कार्यक्रम हुनेछ । शुक्रबार उक्त टोली पोखरा आएर बस्नेछ । पोखरामा शनिबार प्रदेशस्तरीय विशेषसभा आयोजना गरिएको प्रदेश अध्यक्ष गुरुङले बताइन् । त्यसपछि लमजुङ, गोरखा हुँदै टोली धादिङतिर लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था