काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बेपत्ता योद्धा कोही जीवित नभएको बताएका छन् । बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बेपत्ता योद्धा कोही जीवित नरहेको बताएका हुन् ।
माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियानको क्रममा त्यहाँ पुगेका प्रचण्डले भने, ‘अब बेपत्ता योद्धा भन्ने अब छैन, खाली मुखले भन्ने मात्रै हो, सबै शहीद भइसके । कोहि जीवित छैनन् ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राज्यले प्रक्रिया पुर्याएर कानुनी रूपले नभनेसम्म मात्रै बेपत्ता भन्नुपर्ने बाध्यता रहेको उनले बताए ।
‘तर अब राज्यले प्रक्रियाबाट गएर कानुनी रूपले उहाँहरू हुनुहुन्न नभनेसम्म हामीले बेपत्ता भन्नुपर्ने बाध्यता मात्रै बाँकी छ,’ उनले भने । उनले सबै बेपत्ताका परिवारले उनीहरू शहफद भइसकेको मानसिकता बनाउन आग्रह गरे । ‘ बेपत्ता योद्धाका परिवारजनले मानसिकता बनाउनुहोला, उहाँहरू पनि महान शहीदकै क्याटगोरीमा आउनुहुन्छ, उहाँहरुलाई पनि हामी शहीद कै सम्मान गर्छौं, शहीद परिवारले पाउने सबै सम्मान र सुविधा बेपत्ता योद्धाका परिवारले पनि पाउनु हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार