काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ । अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा अमेरिकाले भिसा प्रतिबन्ध लगाएको हो ।
अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अमेरिकी आप्रवासन कानुन र नीति लागू गर्न, कानुनको शासन कायम राख्न र अमेरिकीहरूको सुरक्षा गर्न महत्वपूर्ण छ ।
विज्ञप्तिमा भिसा प्रतिबन्धबाट प्रभावित व्यक्तिहरूको जानकारी दिइएको छैन भने ट्राभल एजेन्सी र एजेन्टको विषयमा पनि उल्लेख गरिएको छैन । राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिकाले अवैध आप्रवासी भन्दै गत फेब्रुअरीमा केही भारतीयहरूलाई देश निकाला गरेको थियो । उनीहरूलाई हतकडी र नेल लगाइएको अवस्थामा अमेरिकी विमानबाट भारत ओरालिएको तस्वीर सार्वजनिक भएका थिए ।
अमेरिकी विदेश विभागले विदेशी मानव तस्करीको नेटवर्क तोड्न यस्तो कदम उठाइएको दावी गरेको छ । विभागले आप्रवासन र राष्ट्रियतासम्बन्धी अधिनियमको धारा २१२ (ए) (३) (सी)अनुसार प्रतिबन्ध लगाएको हो ।
यसअघि नयाँदिल्लीस्थित अमेरिकी दूतावासले अमेरिका जाने भारतीयहरूलाई भिसा अवधिभन्दा बढी नबस्न पटकपटक चेतावनी जारी गरेको थियो । त्यस्ता भिसाबाहकलाई देश निकाला गरिने तथा स्थायी रूपमा प्रवेश प्रतिबन्ध लगाइने उसको चेतावनी थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण