बनियानी । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा पुल निर्माण भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले आज पुलको शुभारम्भ गर्दै जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी भए विकासमा कुनै अवरोध नआउने बताए। “हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारिरहेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु”, उनले भने ।
हालसम्म एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन बताए । यससँगै भुसुडी खोलामा थप दुईवटा पुल निर्माण सम्पन्न हुन लागेको उनले बताए
।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० हल्दिबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागत र समयमै पुल निर्माण हुनु सुखद् भएको बताए । गाउँपालिकाले राजनीतिक पूर्वाग्रह नराखी नयाँ र पुराना योजना सञ्चालन गरिरहेको बताउनुहुँदै उहाँले स्थानीय तहकै बजेटमा पुल निर्माण हुनु गौरवको विषय बनेको उल्लेख गरे।
हल्दिबारी गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलाम एउटा र भुसुडी खोलमा दुईवटा रु चार करोड ९६ लाख ८५ हजार ९२८ को लागत निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन ९महेन्द्र०ले जानकारी दिए । आज भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लागत रु दुई करोड ३० लाख रहेको छभने लम्बाइ ४२।७ मिटर र चौडाइ ७।२ मिटर रहेको छ । पुल निर्माणको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले पाएको थियो । गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी सारा सृष्टिसँग २०७९ मङ्सिर ७ गते सम्झौता गरेको उनले बताए ।
पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिकासँग हल्दिबारी–१ वासीको सिधा सम्पर्क भएको छभने वडा नं ५ र १ का हजारौँ स्थानीयवासी लाभान्विन भएको नगरपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए । वर्षायाममा आवातजावत गर्न सास्ती व्यहोरिरहेका नजिकै रहेको धनुषा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत पुल निर्माण भएपछि सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्याई हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन
रवीन्द्र मिश्रलाई भेट्न पुगे राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन ( पूर्णपाठ)
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन