दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आगामी २०८४ सालको निर्वाचनसम्म नै निरन्तर रहने दाबी गरेका छन् ।
प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार रहेको स्पष्ट पार्दै कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने बताए ।
कांग्रेस र एमालेमा सत्ता सञ्चालनमा कुनै असमझदारी नरहेको समेत उनको भनाइ छ । उनले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलको भनाइ थियो ।
महासचिव पोखरेलले सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको उल्लेख गर्दै गठबन्धन सरकार कुनै एक दलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’