दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आगामी २०८४ सालको निर्वाचनसम्म नै निरन्तर रहने दाबी गरेका छन् ।
प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार रहेको स्पष्ट पार्दै कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने बताए ।
कांग्रेस र एमालेमा सत्ता सञ्चालनमा कुनै असमझदारी नरहेको समेत उनको भनाइ छ । उनले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलको भनाइ थियो ।
महासचिव पोखरेलले सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको उल्लेख गर्दै गठबन्धन सरकार कुनै एक दलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल