काठमाडौ । लामो समयदेखि अनिर्णीत रहँदै आएको पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ नहुने भएको छ।
संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखेर आज सुनुवाइका लागि मिति तोकिएको भए पनि एकजना न्यायाधीश अनुपस्थित हुने भएपछि सुनुवाइ नहुने भएको हो।
संवैधानिक इजलासमा रहेका न्यायाधीश कुमार रेग्मी हाल उच्च अदालत निरीक्षणका क्रममा जुम्ला पुगेका छन्। त्यही कारण सापकोटा जोडिएको द्वन्द्वकालीन कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धान र अभियोनको विवादबारे सर्वोच्चबाट हुनुपर्ने निकासा थप पर धकेलिएको सर्वोच्च प्रशासनका एक अधिकारीले बताए।
यो विवाद सर्वोच्चमा आएको १४ वर्षभन्दा बढी भइसकेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासमा यो विवाद हेर्दाहेर्दैमा राखिएको छ। पछिल्लोपल्ट यसको सुनुवाइ गत फागुन २८ गते भएको थियो।
त्यसपछि चैत २७ र वैशाख १० गते सुनुवाइका लागि मिति तोकिएको भए पनि ती दुवै मितिमा मुद्दाको फाइल नै खोजिएन। पछिल्लोपल्टको सुनुवाइ संवैधानिक निकायका ५२ पदाधिकारीको निरन्तरको सुनुवाइले प्रभावित भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८४ को निर्वाचनलाई लक्षित गर्दै काम गर्न अग्नि सापकोटाको आग्रह
सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा
देश झन् बर्बादीतिर गयो, समाजवादमा जानुको विकल्प छैन : अग्नि सापकोटा
स्थायी कमिटी बैठकपछि पार्टीभित्र अभूतपूर्व एकता कायम भएको छ: अग्नि सापकोटा
धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ: अग्नि सापकोटा