एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भविष्यको 'गोल्डेन डोम' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि डिजाइन छनोट गरेको बताएका छन्।
उनले आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रणाली सञ्चालनमा आउने पनि बताएका छन्। गत जनवरी २० मा दोस्रोपटक ह्वाइट हाउस फर्केको केही दिनपछि नै ट्रम्पले उक्त सुरक्षा प्रणालीको योजना सुनाएका थिए।
गोल्डेन डोमको उद्देश्य अमेरिकामा हुन सक्ने हवाई आक्रमणसँग लड्नु हो। यो सुरक्षा प्रणाली ब्यालिस्टिक र क्रुज मिसाइलहरूसँग पनि लड्न सक्षम हुनेछ।
बीबीसीका अनुसार यस प्रणालीका लागि २५ अर्ब डलर बजेट छुट्याइएको छ। अमेरिकी सरकारले यो प्रणालीमा आगामी दशकमा खर्च अझ बढ्न सक्ने अनुमान गरेको छ।
अधिकारीहरूले अमेरिकाको वर्तमान प्रतिरक्षा प्रणाली अब सम्भावित शत्रुहरूको हतियारसँग लड्न सक्षम नरहेको चेतावनी दिएका छन्।
'गोल्डेन डोम' प्रणाली आंशिक रूपमा इजरायलको आइरन डोमबाट प्रेरित छ, जुन २०११ देखि रकेट र क्षेप्यास्त्र रोक्न प्रयोग भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ जेठ २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल