काठमाडौँ । यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्किएका छन् ।
रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्किएका हुन् ।
सो दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । ४९ वर्षीय हरिसचन्द्र खत्रीको भने खुट्टा फ्याक्चर भएकोले थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको छ ।
दुर्घटनामा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिपर चालक ४४ वर्षीय शङ्कर अधिकारी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु