विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ ।
मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी उनले चलाइरहेका थिए । अर्को सवारीमा कोशी प्रदेशका चार सांसद सवार थिए । अर्को गाडीको चालक भेशराज श्रेष्ठ हुन् । सो कारमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।
दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने