काठमाडौ । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको हो।
तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन भएको छैन। आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ।
सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्।
उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिकाे सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
चन्द्रकुवेर खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त
मन्त्रिपरिषद्को बैठक बस्दै
बागमतीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लामा
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?