काठमाडौ । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको हो।
तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन भएको छैन। आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ।
सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्।
उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिकाे सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त