एजेन्सी । केही दिन अघि गाजामा भीषण हवाई आक्रमण सुरु गरेको इजरायलले आइतबार रातिदेखि जमिन आक्रमण सुरु गरेको छ। रातभरको आक्रमणमा १५१ जनाको ज्यान गएको जनाइएको छ। त्यहाँ अस्पताल पनि बन्द भएको जनाइएको छ।
गाजामा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय निकाय सक्रिय रहेको समयमा यो आक्रमण भएको हो। शनिबार हमास र इजरायली अधिकारी बिच दोहामा अप्रत्यक्ष वार्ता सुरु भइसकेको छ।
आइतबार इजरायलले हमासले आत्मसमर्पण गर्नुपर्ने कुरा राखेको थियो। हमास यस विषयमा सहमत हुनसक्ने सम्भावना देखिएको छैन। यस अघि नै हमासले ६० दिनको युद्ध विराम तथा तीन जना प्यालेस्टाइनीलाई इजरायली जेलबाट छाड्ने शर्तमा ७ देखि ९ जना बन्दी रिहाइमा सहमत भएको समाचार प्रकाशमा आएको थियो।
त्यसको केही घण्टापछि नै हमासका वरिष्ठ नेता अबु जहारीले त्यस हल्लामा कुनै सत्यता नभएको जनाएका थिए। शुक्रबार इजरायलले शुक्रबार गरेको गाइडियोन्स चारिटियोसको नामको अपरेसनले हमासलाई वार्तामा ल्याउनका लागि दबाब हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ