काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उनले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए ।
उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्नेमा उनको भनाइ थियो । “उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो । यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ । हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो । आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ”, गुरुङले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग