माओवादीले सम्हालेको यस्तो गाँउपालिका : 'जसको बेरुजु छ शून्य'

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०८२, १० : ४३
माओवादीले सम्हालेको यस्तो गाँउपालिका : 'जसको बेरुजु छ शून्य'

काठमाडौं । सुशासनमा नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको स्थानिय तह अन्य राजनीतिक दलका नेतृत्वले सम्हालेको भन्दा अब्बल देखिएको छ ।

देशभरमा ७ सय ५३ स्थानीय तहसहित ७ सय ६१ सरकार छन्। तर ती मध्ये एउटामात्रै गाँउपालिका यस्तो छ, जसले सुशासनका पक्षमा आफुलाई अन्य स्थानीय पालिका भन्दा अग्लो बनाएको छ ।

अन्य पालिकाहरुमा बेरुजुको चाङ लाग्दा यो गाँउपालिकाले बेरुजु शून्य अवस्थामा राख्न सफल भएको छ। त्यो गाँउपालिकाको नाम हो– काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका ।

कुनै दबाब र प्रभावमा होइन योजनाबद्ध रूपमा  गरेका कामको मात्रै भुक्तानी गर्ने प्रणाली बसालेको कारण पनि आफनो गाँउपालिकाले यो नतिजा निकाल्न सम्भव भएको जिम्बा बताउँछन् ।

यो गाउँपालिकामा माओवादी केन्द्रका नेता कान्छालाल  जिम्बा अध्यक्ष छन् । गत स्थानिय तह चुनावमा उनले एमालेका पूर्णवहादुर वाइवालाई हराएर अध्यक्ष बनेका थिए । झण्डै १७ सय मत अन्तरले उनी ४८९१ मत ल्याएर गाँउपालिका अध्यक्ष जितेका थिए ।

माओवादी केन्द्रका नेता जिम्बाले आफ्नो र सिंगो गाँउपालिकाको निरन्तर प्रयासबाट शून्य बेरुजु बनाउन सफल भएको बताएका छन् ।

अन्य स्थानिय तहको बेरुजुमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाईरहेका बेला उनलाई बेरुजुको समस्या छैन । महालेखाको प्रतिवेदन अनुसार महाभारत गाउँपालिका गाउँपालिकामा १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो । 

‘कर्मचारीलाई सार्वजनिक खरिद ऐन, नियमावली, स्थानीय सार्वजनिक ऐन, नियमावली निरन्तर फलो गर्न लगाएका कारण नै बेरुजु शुन्यमा राख्न सफल भएको' जिम्बाको भनाई छ ।

अध्यक्ष जिम्बाले सफलखबरसँग भने,  'हामीले नीति नियममा रहेर काम गर्यौ, जनप्रतिनिधि र कर्मचारीले नितिभित्र रहेर मात्र काम गर्ने सामूहिक प्रतिबद्धता जनायौं, त्यही अनुसार गरयौं, त्यसैको परिणाम हो अहिलेको नतिजा ।’

राजनीतिक दलहरु पनि आचारसंहिताभित्र बाधिएर बस्ने र जिम्मेवारी लिएका जनप्रतिनिधिले  नितिभित्रै रहेर काम गर्ने, कसैको दवाव र प्रभावमा नपर्ने हो भने परिणाम निकाल्न सकिन्छ भन्ने उदाहरण भएको जिम्बा बताउँछन् ।

कुनै दबाब र प्रभावमा होइन योजनाबद्ध रूपमा  गरेका कामको मात्रै भुक्तानी गर्ने प्रणाली बसालेको कारण पनि आफनो गाँउपालिकाले यो नतिजा निकाल्न सम्भव भएको जिम्बा बताउँछन् ।

अध्यक्ष जिम्बाले यो वर्षमात्रै होइन, भविष्यमा  पनि  बेरुजु नहुने गरी योजना बनाएर काम गर्ने बताए ।

महाभारत गाँउपालिका मात्र यो वर्ष शुन्य बेरुजु राख्ने एकमात्र गाँउपालिका हो । गत वर्ष ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा बेरुजु शून्य थियो।

यीमध्ये धादिङको बेनीघाट बाहेकका अन्य गाँउपालिका नेकपा एमालेले जितेको थियो । तर एमालेले जितेका गाँउपालिकाले बेरुजु शुन्य कायम राख्न सकेनन ।  अघिल्लो वर्ष बेरुजु शुन्य रहेका ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका एमालेले जितेको छ । एमालेले जितेको उक्त गाँउपालिका अहिले बेरुजु शुन्यमा झार्न सकेनन् ।

त्यस्तै, पाँचथरको याङवरक गाउँपालिका , ललितपुरको कोन्ज्योसोम पनि एमालेले जितेको छ । यी कुनै गाँउपालिका अहिले अघिल्लो वर्षको अवस्थामा रहेनन । उनीहरुले बेरुजु यस वर्ष देखाएका छन् ।
यसले पनि देखाउँछ स्थानीय तह सञ्चालनमा अन्य राजनीतिक दलको तुलनामा माओवादी अब्बल छ ।

सबैभन्दा राम्रो काम गर्ने, उदाहरणीय काम गर्ने र विकास गर्ने स्थानीय तहको डाटा खोज्ने हो भने माओवादीले चलाईरहेका स्थानीय तह अन्य राजनीतिक दलले चलाएका भन्दा अब्बल र सक्षम, सफल देखिएको संघीय मामिला मनत्रालयका रिपोर्टहरुले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस