काठमाडौँ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन् ।
समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्र मन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा.आरजु राणा देउवाले विशिष्ट अतिथिको स्वागत गरेकी थिइन् ।
समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि ‘सगरमाथा संवाद’: १७५ विदेशी पाहुना काठमाडौंमा
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)
सगरमाथा संवादमा भारतले मन्त्री पठाउने, चीनले को पठाउँला ?
प्रधानमन्त्री ओलीले सुरु गरे सगरमाथा संवाद