हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन : प्रकाशशरण महत

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०८२, १६ : १६
हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन : प्रकाशशरण महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अब हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव छैन,’ उनले भने, ‘७५३ को सट्टा दुई सय बनाऔं । पायक पर्ने ठाउँमा बनाऔं दुई/तीन पालिकाको बीचमा । त्यसमा पूर्ण शक्ति लगाऔं, डाक्टर, नर्स र भवनकाे व्यवस्था गराैं,’ उनले भने ।

तत्काल लाेकप्रिय हुन नभएर दीर्घकालीन रुपमा अर्थ राख्ने खालको बजेट बनाउन उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस