निधिको प्रस्ताव : बजेट ल्याउने मिति सारौं

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०८२, १२ : १३
निधिको प्रस्ताव : बजेट ल्याउने मिति सारौं

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गरेका छन् । हरेक वर्ष १५ जेठमा सरकारले संसदमा बजेट प्रस्तुत गर्ने गर्छ । सोही दिन गणतन्त्र दिवस पनि भएकाले बजेट ल्याइने मिति सार्न निधिले प्रस्ताव गरेका हुन् ।

‘आज जेठ १ गते हो । जेठ १५ गते आउँदैछ । जेठ १५ गते महत्वपूर्ण दिन हो- गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने,’ उनले भने, ‘गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहीत अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज (महत्व) धेरै ठूलो हुन्छ ।

उनले यसका लागि संविधान संशोधन गर्न आग्रह गरे । ‘१५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसो भए संशोधन गरियोस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस