काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवम् सांसद हितराज पाण्डेले अर्थमन्त्री विष्णुप्रसाद पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्री बजेट) माथिको छलफलमा बोल्दै उनले अर्थमन्त्रीको उपस्थिति नभएकोप्रति विरोध जनाएका हुन् ।
‘प्रतिनिधिसभा नियमावली २०७९ को ६ को ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने उल्लेख छ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ ।
हामी आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताउपर छलफल गरिरहेका छौँ,’ उनले भने,‘यो छलफलमा माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यू उपस्थित भएर सदनमा भएका विषय वस्तुलाई सरकारले सुनेर मनन गरेर संसद्का आवाजहरूलाई लैजानुपर्ने थियो ।
त्यसकारणले मन्त्रीज्यूलाई सदनमा उपस्थित गराएर यो सदनलाई अगाडि बढाउनका लागि नियमापत्ति प्रस्तुत गरिरहेको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु साहले निजामती विधेयकलाई ‘गरिबमारा’ भन्दै रोष्ट्रमबाटै च्याते
प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची तय
प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको आग्रह
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभामा २३ सांसदका खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेस हुने
प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै