काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो ।
‘विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई मन्त्रालय विशेष अनुरोध गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
शिक्षक महासंघले गत चैत २० देखि २९ दिन शैक्षिक हड्ताल गरेर सडक आन्दोलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड घाइतेलाई नि:शुल्क एमबीबीएस अध्ययनको अवसर नियम विपरीत छैन : शिक्षा मन्त्रालय
सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण
ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन माग
केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने