विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षामा कुनै कम्प्रोमाइज नहुने बताएका छन् । शान्ति सुरक्षा मजबुत हुँदा मात्रै विकासले फड्को मार्ने भन्दै उनले शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताएका हुन् ।
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले मुलुकको पहिलो आवश्यकता नै शान्ति सुरक्षा रहेको बताए ।पछिल्लो समय सुरक्षामा नयाँ चुनौती देखापरेको भन्दै उनले बदलिँदो समयसँगै देखिएका अपराधका नयाँ–नयाँ शैलीलाई विश्लेषण गर्दै सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।
साइवर क्राइम, लागुऔषध प्रयोग, सवारी दुर्घटना र आत्महत्याका घटना बढेको बताउँदै उनले भने, ‘यी अपराध र घटना एकअर्कासँग अन्तरसम्बन्धित छन्, निर्मम रुपमा लागेर यी घटना नियन्त्रण गर्नुपर्छ ।’
सीमा क्षेत्रमा तस्करी बढेको बताउँदै उनले त्यसलाई तुरुन्त रोक्न निर्देशन पनि दिए । ‘यसले राजस्व घटाएको छ, अपराध बढाएको छ । अबको एक महिना भित्र अनुभूति हुनेगरी तस्करी रोक्नुहोस्, गृहमन्त्री लेखकले भने, ‘भएन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’
उनले व्यवस्था विरोधी र संविधान विरोधी गतिविधि सैह्य नहुने पनि बताए । आजको युगमा जन्मका आधारमा शासन गर्न नपाइने भन्दै गृहमन्त्री लेखकले लोकतन्त्र र संविधान रक्षाका निम्ति कुनै कम्प्रमाइज नगर्न निर्देशन दिए ।
जिल्ला प्रशासन र प्रहरी कार्यालमा आउने सेवाग्राहीलाई गर्ने व्यवहार र प्रवाह गर्ने सेवाले नागरिकले व्यवस्थाप्रति धारणा बनाउने बताउँदै उनले सजिलो, छिटो र स्वाभिमानपूर्वक सेवा पाउने वातावरण बनाउन निर्देशन समेत दिए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साइबर सुरक्षा र लागुऔषध प्रयोगको चुनौती थपिएको बताए । त्यसमा विशेष चासो राख्न सुरक्षा निकायलाई आग्रह गरे ।
प्रदेशमा पहिचानवादी आन्दोलन पनि सुरक्षा चुनौतीको रुपमा रहेको उनले सुनाए । सुशासनका लागि पनि सुरक्षा महत्त्वपूर्ण रहेको बताउँदै उनले सुशासनका विषयमा राज्य संवेदनशील हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत