काठमाडौँ । नेकपा एमालेकी सांसद जुली महतो महासेठले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने सोच्न दिवास्वप्न मात्रै भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार स्थिर र जिम्मेवार सरकार भएको बताइन् ।
उनले भनिन्, ‘अहिले कांग्रेस र एमालेको स्थिर र जिम्मेवार सरकार छ । यो सरकार बनेसँगै सत्ताको खेल होइन स्थायित्वको युग सुरु भएको छ । कसैले सरकार ढल्छ भन्ने सोचेको छ भने त्यो दिवा स्वप्न हुनेछ ।’उनले अव सत्ताको खेल नभई जनताले स्थायित्व र प्रगतिको अपेक्षा गरेका बताइन् ।
जनताको अपेक्षामाथि षडयन्त्र गर्नु लोकतन्त्रको अपमान भएको सांसद महतोको भनाइ थियो । जनताले लामो सङ्घर्षमार्फत ल्याएको लोकतन्त्र जनताले नै बचाउने महतोले बताइन् ।
‘जनताले सङ्घर्षमार्फत ल्याएको लोकतन्त्र जनताले नै जोगाउने छन् । लोकतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छ । यसविरुद्ध सबै एक भएर अगाडि बढ्नुपर्छ,’ महतोले भनिन् ।लक्ष्य अनुसार बजेट ल्याएर प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता रहेको महतोले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १२ : ३४
लेखकबाट थप