काठमाडौं। नेपाली कांग्रेसका सांसद दीपक गिरीले भारत र पाकिस्तानबीच युद्ध नगर्ने सहमति भए पनि सार्कमा कालो बादल मडारिरहेको बताएका छन् । भारत–पाकिस्तान युद्ध रोकिँदा नेपाललाई फाइदा भएको उनले बताए ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद गिरीले सार्कमा कालो बादल मडारिरहेकाले नेपाल सरकारले चातुर्यपूर्ण दृष्टिकोण राख्नुपर्ने बताएका हुनु । ‘सार्कमा कालो बादल मडारिएको छ । काश्मीरको पहलगाममा जुन घटना भयो, त्यसको भर्त्सना गरेको छु ।
भारत-पाकिस्तान युद्ध नहुने सिजफायरको स्थिति बनेको छ, त्यसको स्वागत गर्छु, जसले गर्दा छिमेकीलाई अप्ठ्यारो पर्ने परिस्थिति थियो,’ सांसद गिरीले भने, ‘महंगी बढ्ने र कठिन आर्थिक अवस्थाबाट गुज्रिने खतरा थियो ।
छिमेकीमा युद्ध भएको भए नेपाललाई गाह्रो हुन्थ्यो । युद्धविराम भए पनि सार्कमा कालो बादल मडारिरहेको छ, नेपाल सरकारले चातुर्यपूर्ण दृष्टिकोण राख्नु पर्छ ।’
नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले पनि भारत–पाकिस्तान युद्धविरामको स्वागत गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग