काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान् गौतमबुद्धको प्रकृति प्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भगवान् गौतमबुद्धको जन्म जयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै भगवान् गौतम बुद्धले विश्वलाई दिएको अकाट्य सन्देशले सामाजिक र राजनीतिक क्षेत्रमा देखिने विसंगति र विकृतिको अन्त्य गर्ने मूल मन्त्र भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “यसलाई सबैले अंगिकार गर्दै दृढ संकल्पका साथ अघि बढ्न सक्नु पर्दछ, बौद्ध धर्मावलम्बीले बौद्ध विहार र गुम्बाहरूमा भेला भई सामूहिक उपासना गरी यो जयन्ती मनाउनुले ‘सामूहिकतामा एकता, हाम्रो विशेषता’लाई जीवन्त राख्न सघाउँदछ ।”
बुद्ध जयन्ती मानव जीवनमा शान्ति, अहिंसा, प्रेम र आत्मजागरणको महत्त्व दर्शाउने अवसर भएको उहाँको भनाइ छ । उनले भनेका छन्, “वर्तमान विश्वमा द्वन्द्व, तनाव, हिंसा र असमानता व्याप्त रहेको अवस्थामा बुद्धका उपदेशहरूबाट मैत्री, करुणा, शान्ति, अहिंसाको मार्गमा हिँड्न सहयोग पुग्न सक्छ, गौतमबुद्धको मध्यम मार्ग र अष्टांगिक मार्गको सिद्धान्तले सबैलाई सत्य, नैतिकता र सन्तुलित जीवनको बाटो देखाउँदछ ।” यो जयन्ती मनाउनुको उद्देश्य आत्म निरीक्षण गर्न, अज्ञानताको अन्धकार हटाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नु पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ ।
उपराष्ट्रपति यादवले आजकै दिन स्वाँया पुन्ही, उभौली पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीलाई पनि शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०८२, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति यादव
जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्नेमा उपराष्ट्रपतिको जोड
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव र राजदूत श्रीवास्तवबिच भेटवार्ता