काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ । उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।
पौडेलले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत रकम कमाएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा