तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जन्मथलो व्यास नगरपालिका-८ रिस्ती आउने भएका छन् । कुलपूजाका लागि राष्ट्रपति पौडेल सिस्ती आउन लागेका हुन् ।
सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत दमौली आउने र त्यसपछि गाडीबाट रिस्ती पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
राष्ट्रपतिको आगमनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले कुलपूजा स्थलको निरीक्षण गरिसकेको छ । सुरक्षा व्यवस्थामा विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । स्थानीय बासिन्दाहरूले राष्ट्रपति पौडेलको आगमनको स्वागतका लागि तयारी गरेका छन् ।
कुलपूजा कार्यक्रम सोमबार नै सम्पन्न हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल