काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् रमा कोइरालाले श्रम आयोगबारे सरकारको नीति तथा कार्यक्रमले केही नबोलेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् कोइरालाले श्रमको समस्या समाधानको लागि त्रीपक्षीय श्रम आयोगको आवश्यक रहे पनि नीति तथा कार्यक्तममा नसमेटिएको बताइन् ।
त्रिपक्षीय श्रम आयोगमा श्रमिक, रोजगारदाता र सरकार सहभागी हुने भएकाले समस्या समाधानका लागि उपयुक्त हुने सांसद कोइरालाले बताइन् ।
उनले २०६२÷०६३ मा नेताहरूले श्रम आयोग बनाउने प्रतिवद्धता जनाएका भए पनि अहिले त्यसपछिका नीति तथा कार्यक्रम र बजेटहरूमा कैची लाग्दै आएको भन्दै उनले अबको बजेटमा समेट्न माग गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ११ : ५९
लेखकबाट थप