काठमाडौ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।
आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
त्ययताका संसद् बैठकमा नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। आज पनि बोल्न बाँकी सदस्यले सुरुमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने कार्यसूची छ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सम्बोधनपछि सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त सांसदहरुका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
त्यसलगत्तै सभामुखले सरकारको नीति तथा कार्यक्रमलाई संसद् बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रममा समर्थन जनाउन कांग्रेस, एमालेसहितका सत्तारुढ दलले आफ्ना सांसदलाई ह्विप जारी गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति