काठमाडौ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।
आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
त्ययताका संसद् बैठकमा नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। आज पनि बोल्न बाँकी सदस्यले सुरुमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने कार्यसूची छ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सम्बोधनपछि सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त सांसदहरुका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
त्यसलगत्तै सभामुखले सरकारको नीति तथा कार्यक्रमलाई संसद् बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रममा समर्थन जनाउन कांग्रेस, एमालेसहितका सत्तारुढ दलले आफ्ना सांसदलाई ह्विप जारी गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, आतंकवादी आक्रमणको भर्त्सना
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने
देउवा तर्साउन ओलीको खतरनाक खेल
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण