काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् ।
शुक्रबार उनको नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे ।त्यसमाथि संसद्मा प्रतिक्रिया दिने क्रम चलिरहेको बताए ।
आफू पनि रोस्ट्रममा नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिन उपस्थित भएको बताए । त्यसपछि मौन रहे । उनलाई ५ मिनेटको समय दिइएको थियो । समय सकिन लागेपछि ‘सभामुख महोदय समयका लागि धन्यवाद’ भनेर बिदा भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १६ : ३७
लेखकबाट थप