काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारत र पाकिस्तानको तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार गर्न माग गरेकी छन् । परराष्ट्र र शिक्षा मन्त्रालयलाई पत्र लेखेर सांसद श्रेष्ठले विद्यार्थीको उद्धार गर्न माग गरेकी हुन् ।
‘पाकिस्तानमा मानवीय क्षति बढ्दै गएको अवस्थामा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले आफ्नो ज्यानको सुरक्षा गरिदिन र नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दै हामीलाई पत्र लेखेका छन् । पाकिस्तानको लाहोर, फैसलावाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् भनी जानकारी गराएका छन्,’ सांसद श्रेष्ठले परराष्ट्रलाई लेखेको पत्रमा भनिएको छ ।
उनले विद्यार्थीको उद्धारको लागि भइरहेको पहलको जानकारीसमेत माग गरेकी छन् । ‘विद्यार्थीको उद्धारका लागि सम्बन्धित मन्त्रालयले के कस्तो योजना बनाएको छ ? इजरायलमा जस्तै चार्टर्ड फ्लाइट गरिन्छ भने, कुन अवस्थामा गरिनेछ ? यदि नेपाल ल्याउन नसक्ने स्थिति भएमा कुन क्षेत्रमा विद्यार्थीलाई राख्ने, बस्ने-खानेको व्यवस्था आदि तैयारी के कस्तो हुनेछ ? यसबारे जानकारी माग गर्दछु,’ उनले पत्रमा लेखेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
शिक्षा विधेयकमा विद्यार्थीको मतलाई बेवास्ता गरियो : सुमना श्रेष्ठ
निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना श्रेष्ठ
शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन : सुमना श्रेष्ठ
राज्य अधिनायकवाद तर्फ हिँडिरहेको भान भयो: सुमना श्रेष्ठ
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा