काठमाडौं । सांसदहरूले गर्भनर नियुक्ति समयमै हुन नसकेको भनेर सरकारलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग गरे ।
गर्भनर नियुक्तिको विषयमा ‘भद्दा राजनीतिक लालसा देखाइएको’ उनको टिप्पणी छ । गर्भनर नियुक्तिको विषयलाई राजनीतिक भागवण्डाको विषय बनाउँदा मौद्रिक नीति निर्माण लगायतमा असर परेको भन्दै उनले गर्भनर नियुक्तिका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरेका हुन् ।
अन्य सांसदहरूले समेत यो विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग
सत्तापक्ष बोल्न थालेपछि बैठक कक्षबाट बाहिरियो रास्वपा
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण