काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैंसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका थिए । भेटमा मन्त्री लेखकले भारतको जम्मू–कश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे ।
आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।
सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीले नेपाल र भारतबीच सदियौंदखि सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको सम्बन्ध थप मजबुत गर्दै लैजानेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकद्वारा विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल
‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’ : गृहमन्त्री लेखक
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी छ: गृहमन्त्री लेखक
स्पेन भ्रमण बारे छानबिन गर्न आइजिपी थापालाई गृहमन्त्री लेखकको निर्देशन
विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली चुस्त पारिएको छ: गृहमन्त्री लेखक
बाबुबाट पीडित सन्तानका लागि नागरिकता विधेयक संशोधन: गृहमन्त्री लेखक