राजावादी आन्दोलन सेलाएपछि ज्ञानेन्द्र आफैं सक्रिय, नगरकोट बसेर बनाए यस्तो योजना...

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०८२, ०९ : ४०
राजावादी आन्दोलन सेलाएपछि ज्ञानेन्द्र आफैं सक्रिय, नगरकोट बसेर बनाए यस्तो योजना...

काठमाडौं । चैत १५ को काठमाडौं तिनकुने हिंसात्मक घटनापछि रक्षात्मक अवस्थामा पुगेको राजावादी आन्दोलनलाई फेरि चर्काउन पूर्व राजा ज्ञानेन्द्र शाह आफैं अगाडी सरेका छन् । राजावादी समुहमा नेता को बन्ने लडाई जारी रहेको र तिनकुने घटनामा लुटपाट, आगजानी र हिंसात्मक भएपछि  राजावादी नेताहरु आफै उत्रेपछि ज्ञानेन्द्रको योजना विफल बनेको थियो ।

एकपछि अर्काे गरी आन्दोलन रक्षात्मक बनेपछि पूर्व राजा ज्ञानेन्द्रले राजावादी नेताहरुलाई मिलाउने पहिलो प्रयास थालेका छन् । उनले काठमाडौंको निर्मल निवासमै पूर्व पञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाल लगायतका नेताहरुसँग भेटेर एकताबद्द हुन आग्रह गरेका थिए । त्यसपछि अहिले उनी नगरकोटमा बसेर थप रणनीति बनाउन जुटेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले अहिले मुख्यतः तीन वटा रणनीतिक योजना अगाडी सारेका छन् ।

पहिलो - राजावादी समुहलाई एकताबद्द बनाउने र सामुहिक परिचालन नीति बनाउने
दोस्रो- गाँउ, वडा तहसम्मै आन्दोलन परिचालन समिति बनाउने
तेस्रो - आन्दोलनको कमाण्ड अदृश्य रुपमा आफैंले सम्हाल्ने

एकपछि अर्काे गरी आन्दोलन रक्षात्मक बनेपछि पूर्वराजा ज्ञानेन्द्रले राजावादी नेताहरुलाई मिलाउने पहिलो प्रयास थालेका छन् । उनले काठमाडौंको निर्मल निवासमै पूर्व पञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाल लगायतका नेताहरुसँग भेटेर एकताबद्द हुन आग्रह गरेका थिए । त्यसपछि अहिले उनी नगरकोटमा बसेर थप रणनीति बनाउन जुटेका छन् ।

पूर्व राजा राजतन्त्र पूर्नस्थापनाका लागि आफैं सक्रिय भएका हुन् वा उनलाई पूर्व पञ्च नेताहरुले सक्रिय हुन दवाव बढाएका छन भन्ने प्रश्न राजावादीहरुको क्याम्पमै उठेको थियो । गत फागुन ६ मा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तब्यपछि राजावादीहरु हौसिएका थिए । त्यसपछि उनीहरुले ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउने दिन पारेर काठमाडौंमा रिहर्सल गरेका थिए ।

राजावादी सबै समुह राजसंस्था  पूर्नस्थापनाका लागि आउन थालेपछि उनी उत्साहित देखिएका थिए । त्यही क्रममा उनले पूराना नेता नवराज सुवेदीलाई अगाडी सारेर राजावादीलाई एकताबद्द बनाउने प्रयास गरे । दुर्गा प्रसाईलाई आन्दोलनको कमाण्डर बनाए । तर त्यसले चैत १५ को काठमाडौं तिनकुने घटना घटाएपछि राजावादीहरु रक्षात्मक बनेका थिए ।

बिग्रेको बाताबरण सम्हाल्न उनले आफुले चैत १५ अगाडी सुवेदी र दुर्गा प्रसाई दुवैलाई नभेटेको र कमाण्डर नतोकेको बताएर भड्किन खोजेका नेताहरुलाई सम्हाल्न प्रयास गरेका थिए  । त्यसपछि उनले कमल थापा, राजेन्द्र लिङदेन र नवराज सुवेदीलाई एउटै मञ्चमा उभ्याउने,  आन्दोलनका कार्यक्रम बनाउने र त्यही आन्दोलनमा तिनै जना नेताहरु सँगै देखिने वातावरणको गृहकार्य गरे । त्यसमा ज्ञानेन्द्र बिहिबारसम्म आईपुग्दा सफल देखिएका छन् ।

उनले राजावादी आन्दोलनका नेताहरुलाई आन्दोलनको अदृश्य नेतृत्व आफैंले सम्हाल्ने बचन दिएर दैनिक अपडेट विभिन्न माध्यमबाट भईराख्ने सम्मका योजना सुनाएर नेताहरुलाई एकताबद्द बनाउने प्रयास थालेका छन् ।

ज्ञानेन्द्र शाह अहिले नगरकोटमा छन् ।  बैशाख १५ देखि उनी नगरकोटको सोल्टी वेष्ट इन रिसोर्टमा बसेर राणनीति बनाउन थालेका हुन् । त्यही उनले कमल थापा, राजेन्द्र लिङदेनलाई अलग अलग बोलाएर भेट गरेका छन् ।

वडा तहसम्मै आन्दोलन परिचालन समिति बनाउने र त्यसको जगमा  संयुक्त जनआन्दोलन समितिमार्फत आन्दोलन उठाउने योजना ज्ञानेन्द्रले सुनाएका छन् । त्यही योजना अनुसार सुवेदी नेतृत्वको जनआन्दोलन समितिले जेठ १५ गते गणतन्त्र घोषणा भएको दिन देखि निरन्तर आन्दोलन गर्ने गरी  कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलन घोषणा कार्यक्रममा सुवेदीले दायाँबायाँ कमल थापा र राजेन्द्र लिङदेनलाई राखेका थिए । यो वातावरण ज्ञानेन्द्र शाहले नगरकोट बसेर आफैले बनाएको राजावादी स्रोतले बताएको छ । राजतन्त्र पुनर्स्थापनाका लागि भन्दै गठन गरेको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

ज्ञानेन्द्रले आन्दोलनमा राजसंस्था पक्षधर जतिपनि शक्ति छन्, तिनलाई एउटै सामुहिक आन्दोलनमा ल्याउनुपर्ने बताएपछि त्यसको समेत गृहकार्य गरिएको छ । राप्रपा नेपाल, राप्रपा, राष्ट्रिय शक्ति नेपाल, शिव सेना लगायत ४४ समूह अहिलेसम्म एकजुट भएको उनीहरुले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस