काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रिया अनियमिता भएको आरोप लगाउँदै छानबिन गर्न माग गरेका छन् । उनले भने, “आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको छ । यसबारेमा छानबिन गर्नुपर्छ ।”
उनले सो जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न माग गरे ।
बैठकमा सांसद विमला सुवेदीले आज कोटेश्वर तिनकुने क्षेत्रमा सार्वजनिक यातायातले ठक्कर दिँदा एक जनाको ज्यान गरेको र तीन जना घाइते भएको जनाउँदै मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरिन्।
सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि उनको भनाइ छ । सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने बताए । उनले रासायनिक मल अभाव हुन नदिनेतर्फ ध्यान दिन सरकारसँग माग गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी