काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रिया अनियमिता भएको आरोप लगाउँदै छानबिन गर्न माग गरेका छन् । उनले भने, “आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम भएको बुझिएको छ । यसबारेमा छानबिन गर्नुपर्छ ।”
उनले सो जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न माग गरे ।
बैठकमा सांसद विमला सुवेदीले आज कोटेश्वर तिनकुने क्षेत्रमा सार्वजनिक यातायातले ठक्कर दिँदा एक जनाको ज्यान गरेको र तीन जना घाइते भएको जनाउँदै मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरिन्।
सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि उनको भनाइ छ । सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने बताए । उनले रासायनिक मल अभाव हुन नदिनेतर्फ ध्यान दिन सरकारसँग माग गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर