काठमाडौँ । प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनको लागि सरकारले पहल बढाउनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै आचार्यले विमानस्थललाई नियमित सञ्चालन गराउनको लागि पहल बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले विमानस्थल सञ्चालनको लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको बताउँदै सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए । उनले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच गर्ने कार्यालय, भिसा सहजीकरण कार्यालय लगायतका अत्यावश्यक सरकारीहरू स्थापना गरिनुपर्ने जिकिर गरे ।
उनले भने, “भैरहवा विमानस्थल सञ्चालनको लागि त्यहाँ अहिले व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् । त्यसमा सरकारी पहल बढाउनुपर्यो ।
म्यानपावर कम्पनीले त्यहाँबाट सेवा दिनुपर्ने, स्वास्थ्य जाँच गर्ने कार्यालयको व्यवस्था गर्नुपर्ने, एयरपोर्टमा खास समयको लागि सरकारी सहुलियत उपलब्ध गराउनुपर्ने, भिसा सहजीकरण कार्यालय खोली काम सञ्चालन गरी व्यवसायीहरूको माग सम्बोधन गरियोस् ।
उनले कपिलवस्तुको तिलौराकोट उत्खनन, पुनर्निर्माण र संरक्षणको पर्खाइमा रहेकोले त्यसको लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वार्षिक डेढ लाख पर्यटक पर्यटक जाने तिलौराकोटमा व्यवस्था कमजोर भएको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १३ : २३
लेखकबाट थप