काठमाडौँ । गएराती बाथरुम जाने क्रममा चिप्लिएर लडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को स्वास्थ्य अवस्था सामान्य छ । राती १२ बजेतिर अध्यक्ष प्रचण्ड बाथरुम जाने क्रममा चिप्लिएर लडेका थिए ।
उनी लडेपछि मेडिसिटी अस्पताल लगिएको थियो । उनको निधार र टाउकोमा चोट लागेको छ । अध्यक्ष प्रचण्डले अस्पतालमा उपचारका क्रममा बताए अनुसार उनी बाथरुम जाँदा अल्झिएर लडेका थिए। उनको टाउकोमा तीन टाका लगाईएको छ ।
त्यसपछि सिटीस्क्यान गरिएको र त्यसको रिपोर्ट सामान्य देखिएपछि बेलुकी नै उनी निवास फर्केका छन् । उनी अहिले निवासमा आराम गरिरहेका छन् ।
उनलाई अहिले भेटन जाने नेताहरु खुमलटार पुगिरहेका छन् । प्रचण्ड बेलुकी पौने १ बजे उपचारका लागि मेडिसिटि अस्पताल पुगेका थिए । त्यसपछि उनी उपचारपछि बिहान पौने ६ बजे घर फर्किसकेका छन् । उनको स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहालले बाथरुममा चिप्लिएर निधारमा सामान्य बाहिरी चोट लागेको र उपचार पछि घर फर्किसकेको जानकारी गराएकी छिन् ।
उनले सामाजिक सन्जालमा लेखेकी छिन्, ‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’