प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

सफल खबर संवाददाता

मंगलबार, २३ बैशाख २०८२, १६ : ४१
प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आईसीयूमा राखेर उपचार गरिंदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था गम्भीर छ ।

नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् । केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए ।

प्रतिक्रिया दिनुहोस