काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । यस दिन १.०३ अंकले बढेको बजार २६११.४३ बिन्दुमा पुगेर रोकियो । यो ०.०३ प्रतिशत वृद्धि हो ।
आज मंगलबार कुल ३ सय १८ वटा धितोपत्रको ८० हजार ५४ कारोबारबाट २ करोड ५ लाख ४२ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार जलविद्युत ३, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको मूल्य बढेको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् । अन्य उपसमूहको मूल्य भने घटेको छ । सबैभन्दा धेरै वित्त समूहका लगानीकर्ताले गुमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोफाइनान्स, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, रिडी पावरको मूल्य समेत ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
त्यस्तै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । यसबाहेक हिमालयन पावर पार्टनर, सप्तकोशी विकास बैंक, लक्ष्मी भ्यालु फन्डसहित धितोपत्रको मूल्य धेरुे घटेको छ । मंगलबार सानिमा माई हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार