काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
‘भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । यस्तो बेलामा नेपाल सरकारले हिजो छाडि अस्ति ४ मे मा ११ जना पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएको छ’, उनले भने । पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएर के सन्देश दिन खोजेको हो भन्ने सांसद सिंहको छ ।उनी भन्छन्, ‘नेपाल सरकारले के म्यासेज दिन खोजिरहेको छ ?’
उनले कुन फ्लाइटबाट आएको समेत भनेका छन् । ‘त्यो पाकिस्तानी आर्मीको डेलिगेशन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट …मन्सुर अन्सारीको नेतृत्वमा आएको छ’, सांसद सिंहले भने, ‘के हामीले कसैको पक्ष लिन मिल्छ ?
पाकिस्तानको मान्छे नेपाल आउन हुन्न भन्ने आफ्नो भनाइ नरहेको तर, अहिले पाकिस्तानी आर्मीको डेलिगेशन बोलाउने समय गलत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार आफैँ कालोबजारीको प्रतिनिधि भयो : सांसद सिंह