एजेन्सी । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हमासविरुद्धको सैन्य आक्रमण विस्तार गर्ने योजनालाई अनुमोदन गरेको एक इजरायली अधिकारीले बताएका छन्।
ती अधिकारीका अनुसार यसमा गाजा 'कब्जा' गर्ने कुरा पनि समावेश छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मन्त्रिपरिषद्ले हमासलाई नष्ट गर्न र बाँकी रहेका बन्धकको उद्धार गर्न 'बलियो कारबाही' सुरु गर्ने निर्णय गरेको बताए। नेतन्याहुले गाजाका २१ लाख मानिसलाई 'सुरक्षाका लागि' सारिने पनि बताएका छन्।
मन्त्रिपरिषद्ले निजी कम्पनीहरूमार्फत सहयोग प्रदान गर्ने योजनालाई पनि सैद्धान्तिक स्वीकृति दिएको छ।यसले गाजामा दुई महिनादेखि जारी नाकाबन्दीको अन्त्य गर्नेछ।
संयुक्त राष्ट्रसंघले गाजामा खाद्यान्नको गम्भीर अभाव भएको बताएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ बैशाख २०८२, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ
गाँजासहित एक भारतीय युवक पक्राउ