एजेन्सी । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हमासविरुद्धको सैन्य आक्रमण विस्तार गर्ने योजनालाई अनुमोदन गरेको एक इजरायली अधिकारीले बताएका छन्।
ती अधिकारीका अनुसार यसमा गाजा 'कब्जा' गर्ने कुरा पनि समावेश छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मन्त्रिपरिषद्ले हमासलाई नष्ट गर्न र बाँकी रहेका बन्धकको उद्धार गर्न 'बलियो कारबाही' सुरु गर्ने निर्णय गरेको बताए। नेतन्याहुले गाजाका २१ लाख मानिसलाई 'सुरक्षाका लागि' सारिने पनि बताएका छन्।
मन्त्रिपरिषद्ले निजी कम्पनीहरूमार्फत सहयोग प्रदान गर्ने योजनालाई पनि सैद्धान्तिक स्वीकृति दिएको छ।यसले गाजामा दुई महिनादेखि जारी नाकाबन्दीको अन्त्य गर्नेछ।
संयुक्त राष्ट्रसंघले गाजामा खाद्यान्नको गम्भीर अभाव भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ बैशाख २०८२, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद