काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९.६२ अंक घटेको छ । आइतवार २६२० अंकमा बन्द भएको नेप्से परिसूचक २६१०.७६ अंकमा झरेको हो ।सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि खुम्चिएको छ । आइतबार ९ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ६३ करोडको मात्रै भएको छ ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त हुन नसकिरहेको अवस्थामा लगानीकर्ताले पर्ख र हेरको रणनीति बनाएको नेप्से र कारोबार रकमको गिरावटले संकेत गर्छ ।नेप्सेका उपसूचकमध्ये सबैमा अत्यन्तै सीमान्त मात्रै तलमाथि भएको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक ५१ अंक (१.१३ प्रतिशत) ले घटेको छ भने फाइनान्स र उत्पादनमूलक समूह पनि करिब १ प्रतिशतले घटेका छन् ।
जम्मा तीन समूह लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमामा सामान्य वृद्धि देखिएको छ ।नेपाल माइक्रोइन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फन्ड, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, मकर जितुमाया सुरी हाइड्रोको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।
त्यस्तै हिमालयन पावर पार्टनरको सेयर भने १० प्रतिशतले घटेको छ ।सोमबार पनि उच्च कारोबार हुने सबैजसो कम्पनी जलविद्युत् क्षेत्रका नै परेका छन् । ङादी ग्रुप पावर, युनिभर्सल पावर र राधी विद्युत् कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार
२.०७ अंकले बढ्यो सेयर बजार