काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले लोकलाई नै लज्जित पार्ने गरी विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै कुलमानलाई समर्थन गरेको झोँकमा आफ्नै मन्त्रीलाई पनि निष्कासित गरेको बताए ।
‘प्रचण्ड’ले यसो भन्दै गर्दा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका काँग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले हात उठाए । दाहालले भने, ‘बिजुलीको अर्बौँ नतिर्नेहरूलाई खुसी पार्नुभयो । तर, त्यहीँनेर अघिल्लो सरकारले भूमिहीन सुकुमबासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईँहरूलाई पलाएन । अहिले पनि निकै कञ्जुस्याइँ गरेर नीति कार्यक्रममा गरिनेछ भनेर राख्नुभयो ।’
उनले सरकारले माफियाहरूको पक्षमा कानून बनाएर भूमिसम्बन्धी समस्या समाधान नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड