भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा

सफल खबर संवाददाता

सोमबार, २२ बैशाख २०८२, १२ : ५९
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपा एमालेका सांसद सुर्य थापाले नेपालको इतिहाससँग राजनीतिक अस्थिरताको इतिहास पनि जोडिँदै आएको बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले राजनीतिक अस्थिरता नेपालको ऐतिहासिक समस्याको रुपमा रहँदै आएको बताएका हुन् ।

२००७ साल पछि हालसम्म ३/४ वटा सरकारले मात्रै साढे तीन वर्ष वा तीन वर्ष समयाअवधि काम गर्न पाएको उनले बताए । अन्यथा सरकार बदलिरहेको उनको भनाइ छ । सांसद थापा भन्छन्, ‘वि.स. १८२५ मा काठमाडौं एकीकरण भए यताको २५७ वर्षमा न भारदार काल न राणाकाल, न राजतन्त्र काल न प्रजातन्त्रकाल, लोकतन्त्र काल न गणतन्त्र काल कुनैमा पन स्थिरताको अनुभूति हुने खालको अवस्था रहेन ।’

सँधै अस्थिरताको अनुभवको बानी अहिले पनि छचल्किने गरेको उनले बताए । अस्थिरताकै कारण पञ्चायत आएको र पञ्चायत ढलेपछि पनि स्थिरता प्राप्त गर्न नसकेको बताए । संख्यात्मक हिसावले हाल मुलुकमा सरकार बलियो रहेको थापाको भनाइ थियो । तर, सरकार ढाल्ने प्रयास भइराखेको भनेर नेताहरूले भनिरहेको पनि स्मरण गरे ।

अघिल्लो सरकारले पाकिस्तानी मोडेलमा अस्थिरता निम्त्याउन खोजेको उनले आरोप लगाए । अर्कोतर्फ वंशको आधारमा शासन गर्न चाहनेहरूले पनि अस्थिरता चाहिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस